Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकामा आज थपिए ४२९ कोरोना संक्रमित, ३ को मृत्यु

उपत्यकामा आज थपिए ४२९ कोरोना संक्रमित, ३ को मृत्यु

दैनिकी न्यूज

१४, भाद्र २०७७
उपत्यकामा आज थपिए ४२९ कोरोना संक्रमित, ३ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उपचारका क्रममा तीनजनाको मृत्यु भएको र विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४२९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।मृत्यु हुनेमा काठमाडौंमा एक महिला, भक्तपुर र ललितपुरमा २ पुरुष रहेको मन्त्रालयले पुष्टि गरेको हो।

काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जनाकोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार १७ हजार ५१८ हजार जना सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना छन् भने होम आइसोलेसनमा बस्नेको संख्या ४ ६ हजार ९०६ पुगेको छ। एक दिनमा १० हजार २२९ जनाको पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

images
प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १६:३९:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology