Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुग्यो

चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुग्यो

दैनिकी न्यूज

१४, भाद्र २०७७
चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुग्यो
images

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा आजसम्म कोरोना सङ्क्रमितको सो सङ्ख्या पुगेको हो ।

नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्र ९१ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिए पनि ४७ व्यक्ति डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए । नगरपालिकाका अनुसार वडा नं १ मा दुई, वडा नं २ मा एक, वडा नं ३ मा पाँच, वडा नं ४ मा तीन, वडा नं ५ मा चार, वडा नं ६ मा चार, वडा नं ७ मा पाँच, वडा नं ८ मा १०, वडा नं ९ मा छ, वडा नं १० मा सात, वडा नं ११ मा १०, वडा नं १२ मा १२, वडा नं १३ मा सात, वडा नं १४ मा चार र वडा नं १५ मा १० सङ्क्रमित देखिएका छन् ।

सोमध्ये वडा नं १ मा एक, वडा नं ३ मा चार, वडा नं ४ मा दुई, वडा नं ५ मा एक, वडा नं ६ मा दुई, वडा नं ७ मा दुई, वडा नं ८ मा पाँच, वडा नं ९ मा तीन, वडा नं १० मा तीन, वडा नं ११ मा नौ, वडा नं १२ मा आठ, वडा नं १३ मा एक, वडा नं १४ मा एक र वडा नं १५ मा पाँच जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

नगरपालिकामा रहेका सक्रिय सङ्क्रमितमध्ये २१ जनाको उपत्यकाका विभिन्न अस्पताल र २३ जनाको होम आइसोलेसमा उपचार भइरहेको जनाइएको छ । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नगरपालिकाभित्रका १५ वटै वडामा पीसीआर परीक्षण बढाइएको नगरप्रमुख गिरीले बताए । चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । रासस

images
प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - २०:०४:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology