Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

दैनिकी न्यूज

१५, भाद्र २०७७
नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने
images

काठमाडौँ । नेपालमा तत्कालका लागि कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ ।

विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ ।

विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - ०६:३७:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology