Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बैङ्कमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न निर्देशन

बैङ्कमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न निर्देशन

दैनिकी न्यूज

१५, भाद्र २०७७
बैङ्कमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न निर्देशन
images

दमौली । तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन् ।

गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमान्मा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “बन्दीपुरस्थित बैङ्कमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ”, थापाले भन्नुभयो, “सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ ।” यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताउनुभयो ।

भानु–६ निवासी २३ वर्षीय ग्लोबल आईएमई बैङ्क र २५ वर्षीया गरिमा विकास बैङ्कमा कार्यरत हुनुहुन्छ । बन्दीपुर गाउँपालिकामा एक हप्तादेखि जारी निषेधाज्ञा आइतबार खुले पनि दुवै जना बैङ्कमा भने आउनुभएको थिएन । “तर पनि उहाँहरुको बैङ्कमा कार्यरत अन्य कर्मचारीको पनि स्वाब सङ्कलन गर्ने तयारी गरेका छौँ, रिपोर्ट नआइन्जेल बैङ्क बन्द गर्न भनेका छौँ”, अध्यक्ष थापाले भन्नुभयो । रासस

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - ०८:१६:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology