Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पर्सामा थप ३२ जना कोरोना संक्रमण पुष्टि

पर्सामा थप ३२ जना कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१५, भाद्र २०७७
पर्सामा थप ३२ जना कोरोना संक्रमण पुष्टि
images

वीरगञ्ज । पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणको राती अबेर आएको रिर्पोटमा पर्साका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको ४३६ जनाको स्बाव परीक्षणमा पर्साका ३२ जना , बाराका ४ जना , सर्लाहीका १ जना र ठेगाना उल्लेख नगरिएका १ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा थपिएका ३२ जनामध्ये वीरगञ्ज महानगरपालिकाका २३ जना , कालिकामाई गाँऊपालिकाका ९ जना रहेका छन् । वीरगञ्ज महानगरपालिको वडा नम्बर १ र ४ का ४÷४ जना , वडा नम्बर २ र ११ का ३÷३ जना , वडा नम्बर १२ र २० का २/२ जना , वडा नम्बर ३, ५ , ६ ,१३ र १५ का १/१ जना रहेका छन् ।

नयाँ थपिएका बारा जिल्लाका ४ जना संक्रमितमा कोल्भी नगरपालिकाका ३ जना र महागढीमाईका १ जना त्यस्तैगरी सर्लाहीको रामनगर गाँऊपालिकाकाको १ जना रहेको नारायणी अस्पतालले जनाएको छ ।

शनिबार थपिएका ४७ जना संक्रमित सहित पर्सामा कुल संक्रमितको संख्या २ हजार १ सय ९२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - ०८:३२:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology