काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार उनलाई कोरोना पोजेटिभ देखिएको हो । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण नदेखिएको बताइएको छ । पछिल्लो समय उनको सम्पर्कमा आएका सबैलाई सर्तक रहन र स्वाब परीक्षण गर्न आग्रह गरिएको छ ।