Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोमबार ललितपुरमा ७८ जना कोरोना संक्रमित थपिए, हेर्नुहोस कुन पालिकामा कति ?

सोमबार ललितपुरमा ७८ जना कोरोना संक्रमित थपिए, हेर्नुहोस कुन पालिकामा कति ?

दैनिकी न्यूज

१५, भाद्र २०७७
सोमबार ललितपुरमा ७८ जना कोरोना संक्रमित थपिए, हेर्नुहोस कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा सोमबार थप ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ७८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ३९ जना महिला र ३९ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २८ महिला, २९ पुरुष गरी जम्मा ५७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ३ जना महिला, ३ जना पुरुष गरी ६ जना, गोदावरी नगरपालिकाका ८ जना महिला, ७ जना महिला गरी १५ जनमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ७८९ पुगेको छ, जसमा पुरुष ४४३ जना र महिला ३४६ जना रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - २०:२६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology