Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

महिलाभन्दा पुरुष नै कोरोना सङ्क्रमणको बढी जोखिममा

महिलाभन्दा पुरुष नै कोरोना सङ्क्रमणको बढी जोखिममा

दैनिकी न्यूज

१६, भाद्र २०७७
महिलाभन्दा पुरुष नै कोरोना सङ्क्रमणको बढी जोखिममा
images

हेटौँडा । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ । पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु हुने क्रम बढ्दो छ ।

यो प्रदेशमा कोरोना सङ्क्रमण पुरुषको तुलनामा महिलामा कम देखिएकाले सङ्क्रमणका दृष्टिले पुरुष बढी जोखिममा रहेको देखिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअनुसार कोभिड–१९ सङ्क्रमित हुनेमा लिङ्गअनुसार बढी सङ्ख्या पुरुष छन् । मन्त्रालयले आइतबार साँझसम्ममा प्रदेशका कुल कोरोना सङ्क्रमितमध्ये ३३।२ प्रतिशत महिला र ६६।८ प्रतिशत पुरुषमा कोरोना सङ्क्रमण भएको बताएको छ । आइतबार साँझसम्ममा प्रदेशका १३ जिल्लामा गरी सात हजार ४६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा। पुरुषोत्तमराज सेढाईंका अनुसार पछिल्लो समय पुरुष बढी सङ्ख्यामा विदेशबाट आएका, घरबाहिर महिलाको अनुपातमा पुरुष नै बढी हिँडडुल गर्ने भएकोले र धार्मिक एवं सांस्कृतिक व्यवहारले पुरुषमा सङ्क्रमण बढी देखिएको हो । कतिपय रोग महिलामा कम लाग्नुमा महिलामा रोग प्रतिरोधी क्षमता बढी हुने भन्दै उहाँले भन्नुभयो, पुरुषको अनुपातमा महिलाको मृत्यु दरसमेत कम रहेको छ ।

एक महिनाअघि गत साउन १५ गते बागमती प्रदेशमा कुल सङ्क्रमित एक हजार ६६ जना रहेकोमा २८.७ प्रतिशत महिला र ७१.३ प्रतिशत पुरुषमा कोरोना पुष्टि भएको थियो । प्रवक्ता सेढाईंले कोरोना सङ्क्रमण पछिल्लो समय समुदायस्तरमा पुगेकाले महिलामा कोरोना सङ्क्रमण दर बढ्ने जोखिम बढेको बताउनुभयो ।

गोरखापत्र दैनिकमा खबर छ ।

 

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०७:०७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology