ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोका एक जना प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको छ ।
टीकाथली प्रभागमा दरबन्दी भई हाल वृत्त सातदोबाटोमा कार्यरत २३ वर्षका प्रहरी जवानले भदौ १२ गते नेपाल प्रहरी अस्पतालमा स्वाब परीक्षण गर्दा भदौ १५ गते पोजिटिभ देखिएको सातदोबाटो प्रहरी स्रोतले बतायो ।
ती प्रहरी जवान नेपालगंज तालिम केन्द्रमा तालिम सकेर वृत्त सातदोबाटोमा आई क्वारिन्टिनमा बसेका थिए ।
यसअघि पनि सातदोबाटो वृत्तमा कार्यरत ७ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएको थियो ।