ललितपुर । ललितपुरको धोविघाटमा अवस्थित मेघा हस्पिटलमा दुई जना कोरोना संक्रमितको मृत्यू भएको छ । मृत्यू हुनेमा कैलाली र काठमाडौंका दुई पुरुष रहेका छन् ।
मृत्यू हुनेमा कैलाली घर भई हाल काठमाडौं जिल्ला काँडाभारी बस्ने वर्ष ३५ का एक युवा रहेका छन् । उनको भदौ ९ गते पिसिआर परीक्षण गरेकोमा भदौ ११ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । उपचारको क्रममा भदौ १५ गते राति ८ः२५ बजे उपचारको क्रममा मेघा हस्पिटलमा निधन भएको हो ।
त्यस्तै काठमाडौं जिल्ला, नागार्जुन घर भई बस्ने वर्ष ७० का पुरुष भदौ ८ गते कोरोना पोजिटिभ भई धोविघाटमा अवस्थित मेघा हस्पिटलमा उपचारको क्रममा गएराति मेघा हस्पिटलमा निधन भएको हो ।