Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सात लाख मूल्य बराबरको अवैध औषधि बरामद

सात लाख मूल्य बराबरको अवैध औषधि बरामद

दैनिकी न्यूज

१६, भाद्र २०७७
सात लाख मूल्य बराबरको अवैध औषधि बरामद
images

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले करीब रू। सात लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ ।

भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको ओरियन्स कम्पनीको ३०७ बट्टा औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार सोमवार दिउँसो दुई ओटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सो मूल्य बराबरको औषधि बरामद गरेको हो ।

बरामद गरिएको औषधि, मानिस तथा सवारी साधन आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाएको उनले बताए । यसअघि प्रहरीले अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मेचीनगरबाट करीब रू. २० लाख बराबरको ओरियन्स कम्पनीकै विभिन्न नामका औषधिसमेत बरामद गरेको थियो । रासस

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १३:४४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology