Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण

उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

१६, भाद्र २०७७
उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता ड.। गौतमले काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० जनासहित ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

तर सोमबार काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जनासहित २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १६:३१:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology