Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार ललितपुरमा ८६ जना कोरोना संक्रमित थपिए, संक्रिय संख्या ५४०

मंगलबार ललितपुरमा ८६ जना कोरोना संक्रमित थपिए, संक्रिय संख्या ५४०

दैनिकी न्यूज

१६, भाद्र २०७७
मंगलबार ललितपुरमा ८६ जना कोरोना संक्रमित थपिए, संक्रिय संख्या ५४०
images

ललितपुर । ललितपुरमा मंगलबार थप ८६ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ८६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ४३ जना महिला र ४३ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ३७ महिला, ३७ पुरुष गरी जम्मा ७४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ४ जना महिला, ४ जना पुरुष गरी ८ जना, गोदावरी नगरपालिकाका २ जना महिला, २ जना महिला गरी ४ जनमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ८७५ पुगेको छ । ३२९ जनाको कोरोनालाई जितेका छन् । हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ५४० रहेको स्वाथ्य कार्यालय ललितपुरले जनाएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमणबाट मृत्यू हुनेको संख्या ६ पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - २०:३०:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology