Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मृत्यु हुने बढ्दो क्रममा, थप ११ सहित २३९ पुग्यो

मृत्यु हुने बढ्दो क्रममा, थप ११ सहित २३९ पुग्यो

दैनिकी न्यूज

१७, भाद्र २०७७
मृत्यु हुने बढ्दो क्रममा, थप ११ सहित २३९ पुग्यो
images

काठमाडौँ । नेपालमा कोरोना भाइरसका कारणले मृत्यु हुने बढ्दो दिशामा रहेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । एक जना चार वर्षीया बालिका र १० जना पुरुषको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

महोत्तरीमा चार वर्षीया बालिका र ३७ वर्षीय पुरूष, सिरहामा ६५, पर्सामा ५३, ८० र ६० वर्षीय, बारामा ६०, चितवनमा ५२, काठमाडौंमा ३४ र ६०, मकवानपुरमा ५८ वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ ।

यसरी मङ्गलबारसम्म भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ । नेपालमा अहिले शून्य दशमलब ५९ प्रतिशतमा उक्लेको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - ०६:४३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology