काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ८८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ५०, ललिपुतरमा २९ र भक्तपुरमा ९ संक्रमित फेला परेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै मंगलबार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनासहित ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोमबार काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जनासहित २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।