Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

आज कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

दैनिकी न्यूज

१७, भाद्र २०७७
आज कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भई उपचाररत थप १२ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा ६ पुरुष र ६ जना महिला छन् ।

मृत्यु भएकामध्ये काठमाडौं उपत्यकाका ५ जना छन् । काठमाडौंकी ८९ वर्षीया, ललितपुरकी ७० वर्षीया महिला र काठमाडौंका ७० वर्षीय, ७५ वर्षीय र भक्तपुरका ४० वर्षीय पुरुष छन् ।

त्यसैगरी चितवनमा १८ र ५५ वर्षीया दुई महिला, तनहुँकी २० वर्षीया र कपिलवस्तुकी ६० वर्षीया महिला छन् । बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।

हालसम्म कोरोना संक्रमणबाट नेपालमा २५१ जनाको निधन भएको छ । प्रवक्ता गौतमका अनुसार संक्रमितको मृत्यु हुने दर ०.६ प्रतिशत छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १६:५८:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology