काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि एकसाता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दैनिक जीवनलाई केही सहज बनाउने गरी निषेधाज्ञा थपेका हुन्।
यसअघि गरिएको दुई साता लामो निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ। निषेधाज्ञाको समय थप गरिए पनि केही सहज बनाउने निर्णय भएको छ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार एक हप्ताका लागि राजधानीमा निषेधाज्ञा थप्ने निर्णय भएको छ।


