ललितपुर । ललितपुरमा बुधबार थप ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ३९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १६ जना महिला र २३ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १३ जना महिला, २० जना पुरुष गरी जम्मा ३३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका ३ जना महिला, २ जना पुरुष गरी ५ जना र गोदावरी नगरपालिकाका १ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ९१४ जना रहेको छ, जसमध्ये पुरुष ५०९ जना र महिला ४०५ जना रहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार आज ललितपुरकी ७० वर्षकी महिलाको कोरोना संक्रमणबाट निधन भएको पुष्टि गरे । यस भन्दा अगाडि जिल्लामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यू भएको थियो ।