Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

होम डेलिभरी गर्दा पिसिआर रिपोर्ट अनिवार्य

होम डेलिभरी गर्दा पिसिआर रिपोर्ट अनिवार्य

दैनिकी न्यूज

१८, भाद्र २०७७
होम डेलिभरी गर्दा पिसिआर रिपोर्ट अनिवार्य
images

काठमाडौं । काठमाडौं उपत्यकामा ३ भदौबाट जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक साता थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा यसअघि बन्द गरिएको होम डेलिभरी सेवा र टेकअवे खुलाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले जारी निषेधाज्ञालाई २४ भदौको राति १२ बजेसम्म लागु गर्ने निर्णय गरेको हो ।

बुधबारबाट थप गरिएको निषेधाज्ञाको अवधिभरि खाद्यवस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । औषधि र पानीको पसल भने दिनभर खोल्न सकिनेछ ।

यस्तै, यसअघि दैनिक उपभोग्य वस्तुको होम डेलिभरी सेवा र टेकअवेलाई बन्द गराइएकामा अब पिसिआर रिपोर्ट नेगेटिभ भएको व्यक्तिले सो सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसरी सेवा दिने व्यक्तिले उनीहरूले भेटेका व्यक्तिहरूको अभिलेख राख्नुपर्नेछ । राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - ०६:३०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology