Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बिहीबार ललितपुरका तीन स्थानीय तहमा थपिए ४९ जना कोरोना संक्रमित

बिहीबार ललितपुरका तीन स्थानीय तहमा थपिए ४९ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१८, भाद्र २०७७
बिहीबार ललितपुरका तीन स्थानीय तहमा थपिए ४९ जना कोरोना संक्रमित
images

ललितपुर । ललितपुरमा बिहीबार थप ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ४९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १३ जना महिला र ३६ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १३ जना महिला, ३१ जना पुरुष गरी जम्मा ४४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ४जना पुरुष र गोदावरी नगरपालिकाका १ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ९६३ जना रहेको छ, जसमध्ये पुरुष ५४५ जना र महिला ४१८ जना रहेको छ ।

तर बुधबार ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ३९ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - २०:२४:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology