Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जुम्लाका सिडिओ थापालाई कोरोना संक्रमण

जुम्लाका सिडिओ थापालाई कोरोना संक्रमण

दैनिकी न्यूज

१९, भाद्र २०७७
जुम्लाका सिडिओ थापालाई कोरोना संक्रमण
images

काठमाडौं । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा थापाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

थापाले कोरोना भाइरसको महामारीको समयमा जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा आफू पनि संक्रमित भएको सामाजिक सञ्जालमामार्फत बताएका छन् ।

सिडिओलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए । स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् ।

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - ०६:४३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology