Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा थपिए ४५४ जनामा कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ४५४ जनामा कोरोना संक्रमित

दैनिकी न्यूज

१९, भाद्र २०७७
काठमाडौं उपत्यकामा थपिए ४५४ जनामा कोरोना संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ३८६ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए।

तर बिहीबार मात्रै ४४५ जनामा संक्रमण देखिएको थियो। यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - १६:३६:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology