Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार ललितपुरमा थपिए २७ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

शुक्रबार ललितपुरमा थपिए २७ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

१९, भाद्र २०७७
शुक्रबार ललितपुरमा थपिए २७ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा शुक्रबार थप २७ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका २७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १४ जना महिला र १३ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १३ जना महिला, १० जना पुरुष गरी जम्मा २३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका १ जना महिला, २ जना पुरुष र गोदावरी नगरपालिकाका १ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ९९० जना रहेको छ, जसमध्ये पुरुष ५५८ जना र महिला ४३२ जना रहेको छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - २०:११:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology