ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रमुख जिल्ला अधिकार नारायण प्रसाद भट्टका अनुसार रथ रहेको पुल्चोक क्षेत्र र मंगलबजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । अब ५ जना भन्दा बढी जम्मा हुन् नपाउने आदेशमा उल्लेख छ ।
आदेश अनुसार रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र र मिननाथको रथ रहेको आसपास क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
शुक्रबार बिहानबाट लगाइएको कफ्र्यु अहिले राति १० बजेबाट सकिँदैछ । यी क्षेत्रलाई २६ गतेसम्मलाई बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, दक्षिण सेन्टजेभियर स्कुल अगाडि र उत्तरमा बखुण्डोल चोकसम्म निशेध गरिएको छ।
पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, दक्षिण पूर्णचण्डी मन्दिर र उत्तरमा तिमबहाल क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार झडप भएपछि प्रशासनले थप सुरक्षा सतर्कता अपनाएको हो। उपत्यकाका अन्य ठाउँमा भने यसअघि घोषणा गरिउको निषेधाज्ञा जारी छ ।
हेर्नुहोस आदेश
