Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कर्मचारीमा कोरोना देखिएपछि टोखा नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द

कर्मचारीमा कोरोना देखिएपछि टोखा नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द

दैनिकी न्यूज

२०, भाद्र २०७७
कर्मचारीमा कोरोना देखिएपछि टोखा नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द
images

काठमाडौँ । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ।

काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरू कर्मचारीलाई संक्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए।

कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कामहरू निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए।


टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन्। जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसन र ४८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए।

नगरपालिकाले कोरोना संक्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

अहिले २० बेड क्षमता रहेको आइसोलेसन सेन्टर स्थापना गरेपनि आगामी दिनमा उक्त आइसोलेसन सेन्टरको क्षमता वृद्धि गरेर सय बेड पुर्‍याउने नगरपालिकाले जनाएको छ।


होम आइसोलेसनमा बसेर कोरोना उपचार गराइरहेका विरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गरिएको छ। रासस

images
प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १६:०५:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology