Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२०, भाद्र २०७७
काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार मात्रै काठमाडौंमा ४५४ जनामा संक्रमण देखिएको थियो।

काठमाडौंका ३२६ जना, भक्तपुरका ४५ जना र ललितपुरका ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

आज देशभर कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट २८० जनाको मृत्यु भएको छ।

images
प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १६:३४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology