Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भोलिदेखि सार्वजनिक यातायात खुलाउने

भोलिदेखि सार्वजनिक यातायात खुलाउने

दैनिकी न्यूज

२०, भाद्र २०७७
भोलिदेखि सार्वजनिक यातायात खुलाउने
images

तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ।

नगरपालिकाले भोलि आइतबारदेखि नगरक्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो।

क्षमताअनुसार मात्र यात्रुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिई बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

गृहमन्त्रालय र छिमेकी पालिकाले तोकेका विषयमा सोहीबमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय नगरपालिकाले गरेको हो

नगरपालिकाले कोभिड–१९ को जोखिम समुदायस्तरसम्म नपुगोस् भनी सर्वपक्षीय सहमतिमा पहिलोपटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो।

भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो।

सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि कोरोना भाइरसको अन्त्य नभएकाले थप सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ। रासस

images
प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - २०:०९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology