Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

संघीय सांसद सुवाललाई कोरोना संक्रमण

संघीय सांसद सुवाललाई कोरोना संक्रमण

दैनिकी न्यूज

२१, भाद्र २०७७
संघीय सांसद सुवाललाई कोरोना संक्रमण
images

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण भएको शंकामा उनले भदौ १५ गते पीसीआर परीक्षण गराएका थिए। शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो। पोजेटिभ रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्।

भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो।

images
प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - ०८:५१:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology