Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

दैनिकी न्यूज

२१, भाद्र २०७७
चितवनमा थप एक सङ्क्रमितको मृत्यु
images

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान उनको ८ बजे मृत्यु भएको हो ।

यससँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एकरएक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । रासस

images
प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - १०:२९:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology