काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका २९०, ललितपुरका ३२ र भक्तपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ हजार ७२७ कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। आइतबार मात्रै देशभर ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।