Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन

काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन

दैनिकी न्यूज

२२, भाद्र २०७७
काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन
images

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भिœयाउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए ।

‘चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई उपत्यका भिœयाउनुपरिरहेको छ, नाका नै ठप्प पार्न सकिने अवस्था पनि छैन । विभिन्न ढुवानीका साधनमार्फत मानिस आवतजावत भइराखेका छन्, त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखियो,’ बैठकमा धारणा राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

उनले काठमाडौंका लागि आवश्यक पर्ने ग्याँस, खाद्यान्नलगायतका सामान बाहिरबाट आउने हुँदा नाका ठप्प पार्न नसकिएको स्विकार गरे । दाहालले डीडीएमसीबाट सेना परिचालनबारे निर्णय गरेर पठाइएको तर सीसीएमसीमा त्यो कुराको सुनुवाइ नभएको हो कि भन्दै गुनासोसमेत गरे ।

राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - ०६:२६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology