काठमाडौं । कृषियोग्य भूमि खण्डिकरण रोक्नका लागि बन्द गरिएको जग्गाको कित्ताकाट खुल्ला भएको छ । सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते कित्ताकाट खुल्ल गर्ने निर्णय गरेको छ ।
जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी यसअघि भएका पूर्ण निर्णयहरू बदर गर्दै मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गराएकी हुन् । मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।