Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पुल्चोक घटनामा पक्राउ परेका ६ जनालाई कोरोना संक्रमण

पुल्चोक घटनामा पक्राउ परेका ६ जनालाई कोरोना संक्रमण

दैनिकी न्यूज

२२, भाद्र २०७७
पुल्चोक घटनामा पक्राउ परेका ६ जनालाई कोरोना संक्रमण
images

काठमाडौं । ललितपुरको पुल्चोकमा गएको बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झपड हुँदा ट्राफिक प्रहरीलाई निर्घात कुटेको आरोपमा पक्राउ परेका ६ जनालाई कोरोना पुष्टि भएको छ ।

पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए । १६ जनाको रिपोर्ट आएकोमा ६ जनाको पोजेटिभ आएको उनको भनाइ छ ।

‘हिरासतमा लिएर पिसिआर परीक्षण गराउँदा ६ जनामा कोरोना देखिएको छ’ तामाङले भने, ‘पक्राउ परेकालाई मुद्दा अगाडि बढाउन अदालत लैजानका लागि स्वास्थ्य परीक्षण गराउने क्रममा उनीहरुलाई कोरोना देखिएको हो।’

तामाङले भने पक्राउ परेकालाई हाँजिरी जमानीमा छोडेको बताए । 'आज आएको रिपोर्टमा ६ जनामा संक्रमण देखिएको छ, उनीहरूलाई हाँजिरी जमानीमा छोडिएको छ' तामाङले भने ।

यसअघि पुल्चोकको भीड नियन्त्रणमा खटिएकामध्ये महानगरीय प्रहरी वृत्त सातदोबाटोको प्रहरी निरीक्षकसहित १८ प्रहरीलाई पनि कोरोना देखिएको थियो।

ट्राफिक प्रहरीलाई निर्घात कुट्ने र झडपमा संलग्न भएका १९ जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखिएको थियो ।

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १५:०१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology