Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाबारे भ्रम फैलाउने चिकित्सक ललितपुरबाट पक्राउ

कोरोनाबारे भ्रम फैलाउने चिकित्सक ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

२२, भाद्र २०७७
कोरोनाबारे भ्रम फैलाउने चिकित्सक ललितपुरबाट पक्राउ
images

ललितपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफूलाई प्राकृतिक चिकित्सक बताउने जिल्ला तेहथुम स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बसोबास गर्ने सुबास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा महानगरीय अपराध महाशाखाले लिम्बुलाई पक्राउ गरेको हो ।

उनलाई ललितपुरको नख्खिपोटबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक इश्वर कार्कीले बताए । आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको कार्कीको भनाई छ ।

‘कोरोना नै छैन । सरकारले हावा पिटेको, कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले माङमुङ्ग्री लिएर सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्ने जस्ता समाजमा उत्तेजना फैलाउने, सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाईरस संक्रमणबारे भ्रम फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरी सार्बजनिक शान्ति भंग गरेको आरोप उनीमाथि छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १५:५४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology