काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका २९३ जना (महिला १०२, पुरुष १९१), ललितपुरका २० जना (महिला ७, पुरुष १३) र भक्तपुरका १३ जना (महिला ६ र पुरुष ७ जना) सहित ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।