Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कर्मचारीमा कोरोना देखिएपछि काभ्रेमा थप चार सरकारी कार्यालयको सेवा बन्द

कर्मचारीमा कोरोना देखिएपछि काभ्रेमा थप चार सरकारी कार्यालयको सेवा बन्द

दैनिकी न्यूज

२३, भाद्र २०७७
कर्मचारीमा कोरोना देखिएपछि काभ्रेमा थप चार सरकारी कार्यालयको सेवा बन्द
images

काभ्रे । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् ।

कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताए । उनले ती कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई सतर्क रही कोरोना भाइरस परीक्षण गराउन अपिल गरेका छन् । “कार्यालयका हामी सबैले आइतबार नै परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो, सङ्क्रमित कर्मचारी कर फाँटमा कार्यरत रहेकाले उहाँसँग सम्पर्कमा रहनुभएका अन्यलाई पनि तत्कालै परीक्षण गर्न आग्रह गरेका छौँ”, उनले भने ।

यस्तै कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सदरमुकाम धुलिखेलस्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वन एकाइ ९भवन०, राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा र धुलिखेलस्थित काभ्रेभञ्ज्याङ स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएका हुन् । बैंकले भने एक जना कर्मचारीमा सङ्क्रमण देखिएकाले धुलिखेल शाखाका सबै कर्मचारीको पिसीआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ ।

यसअघि भदौ ३ गते जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेको आकस्मिक बैठकद्वारा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको जनाउँदै जिल्लास्थित बढी सेवाग्राहीको भीडभाड हुने तीन कार्यालयको सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको थियो । बन्द गरिएकामा आन्तरिक राजश्व कार्यालय धुलिखेल, जिल्लास्थित मालपोत कार्यालय र नापी कार्यालय हुन् । केन्द्रले हाल कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेकाले अन्य सेवाप्रदायक सरकारी कार्यालयले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गर्नुपर्ने निर्देशन गरेको छ ।

साथै सोही मितिदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थामा मानिसको भीड नियन्त्रण प्रयोजनार्थ अर्को सूचना जारी नभएसम्म दिन बिराएर सेवा सञ्चालन गर्दै आएको जनाएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म कोरोना सङ्क्रमित एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३२४ मा सङ्क्रमण देखिएको छ । रासस

images
प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १०:५९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology