काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाभित्र काठमाडौं, पर्सा, कपिलबस्तु र सुनसरीमा कोरोना संक्रमित थप ६ जनाको मृत्यु भएको जानकारी दियो । मृत्यु हुनेमा पाँच पुरुष र एक महिला छन् ।
मृत्यु हुनेमा काठमाडौंका ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष गरी दुईजना छन् । त्यसैगरी पर्साका ५४ र ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामै सुनसरीका ७० वर्षीय पुरुष र कपिलवस्तुका ६२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
यो समेत मंगलबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ६ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित थपिएका छन् ।