ललितपुर । ललितपुरमा सोमबार थप ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाका विभिन्न स्थानका ३९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २१ जना महिला र १८ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १७ जना महिला, १३ जना पुरुष गरी जम्मा ३० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका ३ जना महिला, ३ जना पुरुष गरी ६ जना, गोदावरी नगरपालिकाका १ जना महिला र कोन्ज्योसम गाउँपालिकाका १ जना महिला, १ जना पुरुष गरी २ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ११५२ जना रहेको छ, जसमध्ये पुरुष ६५० जना र महिला ५०२ जना रहेको छ ।