Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

संकटकालमा मात्रै सेना परिचालनः प्रधानसेनापति

संकटकालमा मात्रै सेना परिचालनः प्रधानसेनापति

दैनिकी न्यूज

२५, भाद्र २०७७
संकटकालमा मात्रै सेना परिचालनः प्रधानसेनापति
images

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकमा विशेष कारणवश संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने बताएका छन् । कोभिड व्यवस्थापनका लागि सेना परिचालन गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानसेनापति थापाले संकटकाल घोषणाको अवस्थामा मात्रै सेना परिचालन हुने र अन्य अवस्थामा सेनाले सरकारको सहयोगी अंगका रूपमा मात्रै काम गर्ने स्पष्ट पारे ।

प्रधानसेनापति थापाले बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग आफ्नो दुई वर्षे कार्यकालमा भएका उपलब्धिबारे जानकारी गराउन आयोजित कार्यक्रममा मुलुकको अवस्था साँच्चै नै संकटमा पुगेको निक्र्योल सरकारले गरेको खण्डमा सेना परिचालन हुन सक्ने बताए । ‘यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी नै हो भन्ने लाग्छ भने त्यो अवस्थामा सेना प्रयोग हुन सक्छ । अन्य समयमा भने सेना सरकारको सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने हाम्रो संगठनको धारणा हो,’ प्रधानसेनापति थापाले भने ।

थापाले नेपाली सेना जहिल्यै पनि नागरिक सर्वोच्चताको पक्षमा रहँदै आएको र सरकारको आदेश पालना गर्नु सेनाको कर्तव्य भएको बताए ।

राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - ०६:२४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology