काठमाडौं । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित पुष्टि हुनेमा कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी पूर्वका ५, तनहुँका ३ र पर्वतका १ जना रहेका छन् ।
योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।
