Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

२ हजार ५ सयमै पीसीआर चेक गर्ने

२ हजार ५ सयमै पीसीआर चेक गर्ने

दैनिकी न्यूज

२५, भाद्र २०७७
२ हजार ५ सयमै पीसीआर चेक गर्ने
images

डडेल्धुरा । डडेल्धुरा अस्पतालले रु दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ ।

यसअघि अस्पतालले आपत्कालीनावस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।

साधारणावस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए । डडेल्धुरा अस्पतालमा आजसम्म तीन कोरोना भाइरस संक्रमित छन् । दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको र आज दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए । रासस

images
प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - १९:१५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology