Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बिहीबार ललितपुरमा थपिए ४२ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

बिहीबार ललितपुरमा थपिए ४२ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

२५, भाद्र २०७७
बिहीबार ललितपुरमा थपिए ४२ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा बिहीबार थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ४२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २० जना महिला र २२ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १९ जना महिला, १९ जना पुरुष गरी जम्मा ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका १ जना महिला, १ जना पुरुष गरी २ जना र गोदावरी नगरपालिकाका २ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १२ सय २६ जना रहेको छ, जसमध्ये पुरुष ६८४ जना र महिला ५४२ जना रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - २०:२९:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology