Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भक्तपुरमा एकै परिवारका तीन जनाको हत्या, कुकुर समेत मारिएको भेटियो

भक्तपुरमा एकै परिवारका तीन जनाको हत्या, कुकुर समेत मारिएको भेटियो

दैनिकी न्यूज

२६, भाद्र २०७७
भक्तपुरमा एकै परिवारका तीन जनाको हत्या, कुकुर समेत मारिएको भेटियो
images

भक्तपुर । भक्तपुरमा एकै घरका तीनजनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । मध्यपुर थिमि नगरपालिका ९ निकोसेरामा रहेको एक घरमा एकै परिवारका ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव फेला परेको महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।

घटनाको प्रकृति हेर्दा हत्या तीनैजनाको हत्या गरेको हुनसक्ने उनले बताए । सो घटनाको अध्ययन गर्न महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाको टोली खटिएको छ । मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ ।
डिएसपी कँडेलका अनुसार हत्या केही दिन पहिले भएकोजस्तो देखिन्छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - २१:३३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology