Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शनिबार उपत्यकामा ४३१ संक्रमित थपिए, ५ जनाको मृत्यु

शनिबार उपत्यकामा ४३१ संक्रमित थपिए, ५ जनाको मृत्यु

दैनिकी न्यूज

२७, भाद्र २०७७
शनिबार उपत्यकामा ४३१ संक्रमित थपिए, ५ जनाको मृत्यु
images

काठमाडौं । शनिबार काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा संक्रमण पुष्टि भएकाहरु मध्ये १५० जना महिला र २ सय २७ जना पुरुष छन् । यस्तै, भक्तपुरमा ५ जना महिला र १२ पुरुषलाई संक्रमण देखिएको छ भने ललितपुरमा १६ महिला र २१ जना पुरुषलाई संक्रमण देखिएको हो । योसँगै काठमाडौंमा ९ हजार १ सय ५, ललितपुरमा एक हजार १ सय २८ र भक्तपुरमा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबारदेशभर थप १ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ८५२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ।

पछिल्लो २४ घण्टामा मृतक १४ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३३६ जनामा कोरोना पुष्टि भएको छ।

images
प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - १७:२९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology