Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सरकारले पीसीआर परीक्षणको मूल्य घटायो, अब २ हजारमा परीक्षण हुने

सरकारले पीसीआर परीक्षणको मूल्य घटायो, अब २ हजारमा परीक्षण हुने

दैनिकी न्यूज

२८, भाद्र २०७७
सरकारले पीसीआर परीक्षणको मूल्य घटायो, अब २ हजारमा परीक्षण हुने
images

काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो ।

सुरुमा सरकारले ५५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो । भदौ १४ गते ११ सय रुपैयाँ शुल्क घटाए ४४ सय रुपैयाँ लिएर पीसीआर गर्न पाइने निर्णय गरेको सरकारले आइतबार थप २४ सय रुपैयाँ घटाएको हो ।

पीसीआर परीक्षणको शुल्क २४ सय रुपैयाँ घटेसँगै अब दुई हजार रुपैयाँमा कोरोना परीक्षण हुनेछ । सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १६:४५:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology