Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौंमै ६ जना

एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौंमै ६ जना

दैनिकी न्यूज

२८, भाद्र २०७७
एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौंमै ६ जना
images

काठमाडौं । नेपालमा कोरोना संक्रमण भएर पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा मात्र ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं, सिन्धुपाल्चोक, कास्की, मोरङमा गरी ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको हो । काठमाडौंमा ६५ वर्षीया दुई महिला तथा ५९, ७०, ६४ र ५९ वर्षीय चार पुरुषको मृत्यु भएको छ। यस्तै मोरङमा ६९ वर्षीय, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १७:१८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology