Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रभाग मंगलबजारमा कार्यरत ५ प्रहरीमा कोरोना देखियो

प्रभाग मंगलबजारमा कार्यरत ५ प्रहरीमा कोरोना देखियो

दैनिकी न्यूज

२८, भाद्र २०७७
प्रभाग मंगलबजारमा कार्यरत ५ प्रहरीमा कोरोना देखियो
images

ललितपुर । महानगरीय प्रहरी प्रभाग मंगलबजारमा कार्यरत ५ जना प्रहरीहरुका कोरोना देखिएको छ । गत भदौ २७ प्रभाग मंगलबजारमा कार्यरत प्रहरीहरुको पाटन हस्पिटलमा परीक्षण गर्दा पोजिटिभ देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला भक्तपुर घर भई प्रभाग लगनखेल दरबन्दी भई हाल प्रभाग मंगलबजारमा कार्यरत वर्ष ४१ का प्रहरी सहायक निरीक्षक, जिल्ल महोत्तरी चिसैया घर भई मंगलबजार प्रभागमा कार्यरत वर्ष ४२ का प्रहरी सहायक निरीक्षकमा कोरोना पोजिटिभ देखिएको हो ।

त्यस्तै कन्चनपुर वेलकोट घर भई वृत्त ठिमी भक्तपुरमा दरबन्दी भई मंगलबजार प्रभागका कार्यरत वर्ष २२ की, जिल्ला डडेलधुरा गनियाधुर घर भई वृत्त चापागाउँ दरबन्दी भई हाल मंगलबजारमा कार्यरत वर्ष २१ की र जिल्ला डडेलधुरा घर भई प्रहरी चौकी लाकुरी भन्ज्याङ दरबन्दी भई हाल मंगलबजार प्रभागमा कार्यरत वर्ष २१ का प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको प्रहरी स्रोतले बतायो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १८:३८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology