Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना बीमा मापदण्ड संशोधन, निजी ल्याबको दाबी पाइने

कोरोना बीमा मापदण्ड संशोधन, निजी ल्याबको दाबी पाइने

दैनिकी न्यूज

२९, भाद्र २०७७
कोरोना बीमा मापदण्ड संशोधन, निजी ल्याबको दाबी पाइने
images

काठमाडौं । बीमा समितिले निजी प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका बिमीतलाईसमेत मुक्तानी दिने भएको छ। बीमा समितिले आइतबार कोरोना बीमा मापदण्ड, २०७७ तथा कोरोना बीमालेखमा संशोधन गर्दै यो निर्णय गरेको हो।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार बीमा रकम दाबी गर्न निजी र सरकारी प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्नेछ।

मापदण्डमा संशोधन भएको जानकारी दिँदै पौडेलले भने, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सुचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड–१९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेश गर्नुपर्नेछ । ’

संशोधन अनुसार अब प्रयोगशालामा काम गर्ने कर्मचारीले आफू कार्यरतबाहेकका प्रयोगशालामा परीक्षण गराएको रिपोर्ट बुझाएमात्र बीमा भुक्तानी पाउने छन्।

‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९९ परीक्षण गर्न स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीको बीमा दाबीका लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालामा बाहेक अन्य स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्नेछ’, संशोधित मापदण्डमा भनिएको छ।

बीमा कम्पनीहरुलाई संक्रमितले पेश गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरेको छ। कोरोना बीमाको सबै प्रकृया पुरा गरेपछि ७ दिन भिदै दाबी भुक्तानी गर्ने समितिले जनाएको छ।

त्यस्तै, समितिले अबदेखि कोरोना बीमामा एकल बीमालेख हटाएर सामुहिक बीमालेख मात्रै जारी गर्ने गरी मापदण्ड संशोधन गरेको छ।

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - ०६:४९:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology