Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

छोराद्वारा मदिरा सेवन गरी अन्धाधुन्ध बञ्चरो प्रहार गरी आमाको हत्या

छोराद्वारा मदिरा सेवन गरी अन्धाधुन्ध बञ्चरो प्रहार गरी आमाको हत्या

दैनिकी न्यूज

२९, भाद्र २०७७
छोराद्वारा मदिरा सेवन गरी अन्धाधुन्ध बञ्चरो प्रहार गरी आमाको हत्या
images

झापा । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए ।

हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए । रासस

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - ०७:५६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology