Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

दैनिकी न्यूज

२९, भाद्र २०७७
चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
images

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

अस्पतालका अनुसार नवलपरासीको गैंडाकोट नगरपालिका(९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी यही भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

त्यसपछि कोभिड सघन उपचार कक्षमा राखिएकी उनको उपचारका क्रममा आइतबार राति ११स्३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए।

हालसम्म जिल्लाका अस्पतालमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ। दुई वृद्धाको घरमै मृत्यु भएको थियो।

चितवनका १७, मकवानपुरका ५, नवलपरासी सुस्तापूर्वका ४, बारा, गोरखा र कैलालीका एकरएक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। रासस

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - १०:१२:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology